०५ असार २०८३, शुक्रबार

सुनसरीमा आगलागी : आठ लाख बराबरको क्षति

फागुन ११, २०७५
सुनसरीमा आगलागी : आठ लाख बराबरको क्षति

इनरुवा- सुनसरीको रामधुनी नगरपालिका–१ डुमरिया गाउँमा आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको छ । स्थानीय महेश चौधरी र चुमकलाल चौधरीको घरमा शुक्रबार एक्कासि आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । 

आगलागीमा परेर घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुनचाँदीलगायत फर्निचरका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । खाना पकाएर बारीमा फ्यालेको खरानीबाट सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ । इनरुवा र इटहरीबाट गएका वारुणयन्त्र तथा स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्