
काठमाडौं– विज्ञहरूले सार्ककै भविष्यमाथि प्रश्न उठाउन थालेका छन् । अघिल्लो घटनामा पाकिस्तानलाई दोषी देखाउँदै भारतले आतंकको माहोलमा सार्क सम्मेलन इस्लामावादमा हुन नसक्ने धारणा सार्वजनिक गर्यो ।
भुटान र बांग्लादेशले भारतलाई साथ दिएपछि सम्मेलन हुन सकेन र सम्मेलन स्थगित भयो । नेपालले १६ असोज २०७३ मा विज्ञप्ति जारी गरी आतंककारी हमलाको निन्दा गर्यो । क्षेत्रीय सहकार्य अपरिहार्य हुनुपर्नेमा जोड दिँदै नेपालले सार्क सम्मेलन पनि हुनुपर्नेमा जोड दिँदै आएको थियो । त्यसयता भारत र पाकिस्तानबीच जारी विवाद साम्य नभएपनि नेपालले सम्मेलनका लागि कोसिस गर्दै आएको थियो ।
कश्मिरको पुलवामा भन्ने स्थानमा २ फागुनमा भएको आतंककारी हमलामा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएसँगै भारत र पाकिस्तानबीचको सम्बन्ध थप चिसीएको छ । योसँगै सम्मेलन अनिश्चित भएको छ ।, नयाँ पत्रिकामा खबर छ ।