
काठमाडौं– कांग्रेसमा सभापति शेरबहादुर देउवा र कोइराला परिवार नेताहरूबीच वाक्युद्ध चलेको छ । पार्टीको नयाँ विधान र नेपाल विद्यार्थी संघको विषयमा किचलो भइरहेका बेला थप विवाद देखिएको छ ।
सभापति देउवाले बुधबार वीरगन्जमा कार्यकर्तालाई सम्बोधन गर्दै कोइराला परिवारप्रति कटाक्ष गरे । त्यसअघि महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला र सुजाता कोइरालाले वीरगन्ज पुगेर देउवाको आलोचना गरेका थिए । यसले नेताहरूबीचको मनमुटाव सतहमा देखिएको छ ।
बिहीबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक नेताहरूबीचको असहमतिका कारण बस्न सकेन । कांग्रेसले आउँदो आइतबारका लागि बैठक बोलाएको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।