२७ असार २०८३, शनिबार

एनसेलको टावरमा आगजनी

फागुन ११, २०७५
एनसेलको टावरमा आगजनी

पोखरा– पोखरा महानगरपालिका २७ लेखनाथस्थित बडहरेको डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले शुक्रबारराति आगजनी गरेको छ । नाकस्थित बडहरेमा रहेको एनसेलको टावरमा आगजनी हुँदा टावरमा पूर्णक्षति पूगेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी रविन्द्र गुरुङले जानकारी दिए ।

राति करीब १० बजेको समयमा एनसेल र नेपाल टेलिकमको टावर मध्ये एनसेलको टावरमा अज्ञात समूहले आगाजनी गरेका हुन् । टावरमा आगजनी भएपछि दमकल बोलाइएको थियो । तर, टावरमाथि डाँडामा भएका कारण दमकलले आगो निभाउन नसक्दा टावर कामै नलाग्ने गरी ध्वस्त भएकोछ ।

स्थानीय र डाँडाकोनाक प्रहरी चौकीको सक्रियतामा राति ११ बजेतिर मात्र आगो नियन्त्रणमा आएको थियो । आगजनीको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोली र स्थानीयको सहयोगमा छोटोसमयमै आगलागी नियन्त्रमा लिन सकिएको डीएसपी रविन्द्र गुरुङले बताए । ‘क्षतिको विवतरण आएको छैन’, उनले भने, ‘क्षतिको वारेमा विवरण तयार हुदै छ ।’

घटनालगत्तै जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख एसपी ओम राना सहितको टोली घटनास्थनल पुगेको थियो । घटनाका वारेमा अनुसन्धान भइरहेको डीएसपी गुरुङले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्