१२ साउन २०८३, मंगलबार

शाहरुखलाई मानार्थ विद्यावारिधि दिन चाहन्थ्यो विश्वविद्यालय, मन्त्रालयले किन रोक्यो ?

फागुन ११, २०७५
शाहरुखलाई मानार्थ विद्यावारिधि दिन चाहन्थ्यो विश्वविद्यालय, मन्त्रालयले किन रोक्यो ?

भारत-दिल्लीस्थित जामिया मिलिया इस्लामिया विश्वविद्यालयले बलिउड अभिनेता शाहरुख खानलाई मानार्थ विद्यावारिधिमार्फत सम्मान गर्न लागेको थियो । तर मानव संशाधन मन्त्रालयले उक्त प्रस्तावलाई रोकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

उनले यसअघिनै हैदरावादको मौलाना आजाद उर्दू विश्वविद्यालयबाट उक्त उपाधि लिइसकेको मन्त्रालयले जनाएको छ । जामियाका जनसम्पर्क अधिकारी अहमद अजीमले यसबारेमा टिप्पणी दिन मानेनन् । 

बलिउडका लोकप्रिय अभिनेता शाहरुख खानल जामिया मिलिया इस्लामियाका पूर्व छात्र हुन् । उनले त्यहाँ सन् १९८८-९० को बयाचमा मास कम्युनिकेशन पढेका थिए ।

यद्यपि उपस्थिति कम भएका कारण उनले अन्तिम परीक्षा भने दिन पाएका थिएनन् । 

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्