
धनगढी- तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गतको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडले जीतका लागि सीवाईसी अत्तरियालाई १२४ रनको चुनौती दिएको छ ।
शनिवार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको हो ।
महेन्द्रनगरका लागि दिलिप नाथले सर्वाधिक ४३ रन बनाए । ४१ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कुशल मल्लले २५ तथा रोहितकुमार पौडेलले २४ रनको योगदान गरे ।
आरिफ शेखले ११ तथा मोहम्मद नाभिदले १० रन जोडे भने कप्तान शरद भेषवाकर पहिलो बलमै पेभेलियन फर्के ।
बलिङतर्फ अत्तरियाका लागि दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले समान २/२ तथा सन्नी पटेलले १ विकेट लिए ।
केहीबेरमा सीवाईसी अत्तरियाले जवाफी ब्याटिङ गर्नेछ ।