०३ साउन २०८३, आइतबार

सहकारीले घरबासै उठायो

कात्तिक २०, २०७४
सहकारीले घरबासै उठायो
काठमाडौँ, ३० फागुन- नियामक सरकारी निकाय सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा ऋणी नारायणप्रसाद राई र उनकी पत्नी शोभा राईबीचको हरहिसाब नगरिदिँदा राईदम्पतीको घरबासै उठेको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ |
विभागले अदालत तथा सहकारी बोर्डले दिएको आदेशसमेत पालना नगर्दा गोरखा सहकारीले तीन रोपनी ५ आना जग्गा जफत गरेपछि राईदम्पतीको घरबास उठेको हो।
उक्त सहकारीले किर्ते कागज बनाएर ठगेको आरोप राईदम्पतीले लगाएका छन्।

‘हामीले ऋण चुक्ता गरिसकेका छौं। अझै पनि कानुनले थप रकम तिर्नुपर्ने देखाएमा दाखिला गर्छौं', राईदम्पतीले भने। यति भन्दाभन्दै पनि ललितपुर नखिपोट कान्तिपुर कोलोनीनजिकको ३ रोपनी ५ आना जग्गा सहकारीले जफत गरेको छ। उक्त सहकारीबाट शोभा राईका नाममा रहेको ललितपुर उपमहानगरपालिका वडा नं ५ को २१, २२ र १००९ कित्ता नम्बरको जग्गाबाट २९ लाख २५ हजार ऋण लिएकी थिइन् भने नारायण राईले १००७, १३०९, १३१०, १३१३ नम्बरको कित्ताबाट १७ लाख ऋण लिएका थिए।

salt training

कमेन्ट गर्नुहोस्