
दमौली – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा शनिवार दिउँसो भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
पोखराबाट सुनौली जाँदै गरेको ग१ख ४७८० नम्बरको यात्रुवाहक बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना३९प ९५३८ नम्बरको मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर खाँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका–१४ बस्ने २१ वर्षीय माधव दराई र मोटरसाइकलमा सवार सोही ठाउँका १६ वर्षीय सुरज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।
उनका अनुसार दराईको दमौली अस्पतालमा र परियारको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् ।