०१ असार २०८३, सोमबार

कार्पेट कारखानामा शक्तिशाली विष्फोट, १० जनाको मृत्यु

फागुन ११, २०७५
कार्पेट कारखानामा शक्तिशाली विष्फोट, १० जनाको मृत्यु

उत्तर प्रदेश– भारतको उत्तर प्रदेशस्थित कार्पेट कारखानाको एक शाखामा शनिबार विष्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । 

बादोही जिल्लास्थित कार्पेट कारखाना रहेको भवनमा गैरकानूनी रूपमा पटका विक्री गरिँदै आएको प्राप्त प्रारम्भिक जानकारीमा उल्लेख छ । 

भवनमा शक्तिशाली विस्फोट भएको र भवनको भग्नाबशेषमा केही अन्य व्यक्तिहरू फसेको हुनसक्ने प्रहरी महानिरिक्षक पियुस श्रीवास्तवले बताए । 

प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान शुरू गरिसकेको छ । थप जानकारी अनुसन्धानपछि मात्र दिन सकिने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्