
काठमाडौं– कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मल खरिद गर्न भन्दै सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेको छ । कम्पनीले रासायनिक मल आयात गर्न थप ३ अर्ब रुपैयाँ निकासा नगरे यो वर्ष किसानले रासायनिक मलको अभाव खेपनुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ अर्ब रुपैयाँ माग गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक अमरराज खैरले मन्त्रालयले तत्काल ३ अर्ब रुपैयाँ निकासा नगरे यो वर्ष पनि मलको अभाव हुने बताए । मन्त्रालयले यसअघि कम्पनीलाई मल खरिद गर्न ३ अर्ब रुपैयाँ उपलब्ध गराइसेकेको छ ।, कारोबारमा खबर छ ।