१२ असार २०८३, शुक्रबार

राप्रपा विवादः डा. लोहनीको ११ बुँदेलाई कमल थापाको जवाफ

कात्तिक २०, २०७४
राप्रपा विवादः डा. लोहनीको ११ बुँदेलाई कमल थापाको जवाफ
काठमाडौं, ३० फागुन– राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्यागको घोषणा गरेसँगै सो पार्टीभित्रै नयाँ तरंग पैदा भएको छ ।thapa-lohani-final

लोहनीले आगामी चैत ६ गतेको लागि राष्ट्रिय भेला बोलाएर नयाँ पार्टी गठन गर्ने गरी नै तयारी थालेपछि सो पार्टीभित्र नयाँ तरंग सुरु भएको हो ।

लोहनीले आइतबार राप्रपाले पार्टीको इतिहाससँग जोडिएको हलो छाडेको, पार्टी मनपरि ढंगले चलाइएको, पार्टीमा छलफलै नगरी कमल थापा सरकारमा गएको, एजेण्डा मास्न खोजेकोलगायतका आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका थिए ।

राप्रपाका एक पूर्व केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार लोहनी समुहले आगामी चैत ६ गतेको लागि राष्ट्रिय भेलाको आह्वान गरेको छ र सो भेलाले नयाँ पार्टी बनाएर अघि बढ्ने कि कसरी अघि बढ्ने भन्नेमा उचित निर्णय लिइनेछ ।

लोहनीको आरोप थापाद्वारा बचाउ प्रयास
लोहनीले ११ बुँदेमा थापाविरुद्ध १० आरोप लगाएसँगै अध्यक्ष कमल थापाले आफ्नो बचाउको प्रयास गरेका छन् ।
सोमबार बिहानै चार फरक ट्वीट गर्दै थापाले पार्टी एकिकरण गर्दा भएको लिखित सम्झौता अनुरूप पार्टीको चुनाव चिन्ह वारे निर्णय भएको दाबी गरेका छन् । उनले लिखित सम्झौता बाहेक अरु कुनै गोप्य सहमति नभएको दाबी गरेका छन्

लोहनी विरुद्ध हरेक ट्वीटमा आक्रामक रुपमा प्रस्तुत भएका थापाले लोहनीलाई भ्रमको खेती नगर्न चेतावनी दिएका छन् ।

उनले आफू संविधान कार्यान्वयनमा सहजता ल्याउनको लागि मात्रै सरकारमा भएको तर्कै गर्दै भनेका छन् –राप्रपाले संसदमा हाल बिचाराधिन विधेयकको पक्षमा मत दिंदैन। निर्णयार्थ पेश भए बिपक्षमा भोट हाल्छ।आफ्नो स्वार्थकालागि भ्रम नछरौं ।

यस्तै गणतन्त्रमा भोट हालेका र परासीदेखि बर्दियासम्म मधेस मात्रको प्रदेश प्रस्तावका लेखक लोहनीले पार्टी छोड्दै चर्को राष्ट्रियताको कुरा गरेको नसुहाएको भन्दै कटाक्ष समेत गरेका छन् ।

यसअघि आइतबार नै थापाले लोहनीको पार्टी परित्यागबाट आफू स्तब्ध भएको र उनको अप्रत्यासित निर्णयबाट बिचलित नहुन नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।

यस्ता छन् लोहनीविरुद्धका थापाका ४ ट्वीट–
–पार्टी एकिकरण गर्दा भएको लिखित सम्झौता अनुरूप पार्टीको चुनाव चिन्ह वारे निर्णय भएको हो।लिखित सम्झौता बाहेक अरु कुनै गोप्य सहमति भएको थिएन ।

–हामी सरकारमा जानु अगावै राप्रपा सरकारमा थियो। चुनाव सुनिश्चितताकोलागि मात्र सरकारलाई नैतिक बलदिन शिर्षतहमा सहभागि भएको हो।भ्रमको खेती नगरौं ।

–राप्रपाले संसदमा हाल बिचाराधिन विधेयकको पक्षमा मत दिंदैन। निर्णयार्थ पेश भए बिपक्षमा भोट हाल्छ।आफ्नो स्वार्थकालागि भ्रम नछरौं ।

– हिजो गणतन्त्रमा भोट हालेका र परासीदेखि बर्दियासम्म मधेस मात्रको प्रदेश प्रस्तावका लेखकले पार्टी छोड्दै चर्को राष्ट्रियताको कुरा गरेको सुहाएन ।

लोहनीले थापाविरुद्ध लगाएका आरोप यस्ता थिए–

– मैले २५ बर्ष देखि काम गरेको पार्टी छाड्न पर्दा मलाई दुःख लागेको छ । २०४७ सालमा अन्य दलहरुबाट विभिन्न भौतिक र सांघातिक आक्रमण समेत सहेर यो पार्टीको स्थापनामा सहभागि भएको हँु । त्यस्तै यो पार्टीका थुप्रै दस्तावेजहरु विगतका वर्षहरुमा मैले तयार गरेको हो । हालै मात्र पनि पार्टि एकता अधिवेशनमा पेश भएको एक महत्वपूर्ण कार्यपत्र मैले आपैm तयार गरेको हु । तर पार्टी भित्र एकता महाधिवेशन पश्चात पार्टी विधानलाई उपेक्षा गर्ने, एकता महाधिवेशनको क्रममा भएका समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आप्mनो राजनीतिक र अन्य स्वार्थपूर्तिको औजारमात्र बनाउने प्रबृति हावि भएको छ । यस्ता हरकत स्वीकार गरेर पाटी भित्र रहन नसक्ने मैले महसुस गरेको छु ।

–एकता महाधिवेशनबाट पारित विधानमा पार्टीको नीति निर्माण गर्न र महत्वपूर्ण पदमा नियुक्ति गर्न निर्देशन समिति गठन हुनु पर्ने र सो समितिमा सल्लाह र समझदारी गर्नु अनिवार्य थियो । साथै एकता माहाधिवेशन अगाडि निर्देशन समितिको गठन नयाँ केन्द्रिय समितिको पहिलो वैठकमै हुने समझदारी भएको हो । तर निर्देशन समितिको गठन गरिएन र पदाधिकारीको चयन लगायत मन्त्रीमण्डलमा जाने औचित्य बारे पनि कुनै छलफल गरिएन । यथार्थमा विधानको यो प्रावधानलाई जानी–जानि उपेक्षा गरियो । पार्टीलाई एकजना व्यक्तिको वा एउटा सानो झुण्डको स्वार्थपूर्ति गर्ने हतियारको रुपमा मात्र प्रयोग गर्न खोजेको स्पष्ट छ । यस्तो विधान विपरितका अधिनायकबादी क्रियाकलापहरु संग मेरो पूर्ण असहमति छ ।

– पार्टीको एकीकरण अगाडि नयाँ पार्टीको झण्डा रा.प्र.पा .(नेपाल) को हुनेछ र चुनाव चिन्ह ‘हलो’ हुने समझदारी भएको हो । यो प्रतिवद्धतालाई पनि ठाडै लत्याइएको छ ।

– पार्टीले प्रचण्ड सरकारले पेश गरेको संविधान संसोधन विधेयकमा भारि असन्तोष व्यक्त गर्दै आएको हो र आवश्यक परे सरकारबाट वाहिरिने स्पष्ट गरेको थियो । रा.प्र.पा.का मान्त्रीहरुले समेत यही दृष्टिकोण जनता समक्ष पेश गरेका हुन् । अचानक यी सवै बुदाहरुमा पार्टी भित्र कुनै छलफल नै नगरी सरकारमा गएको समाचार टेलिभिजनबाट सुनियो । यसबाट के स्पष्ट हुन्छ भने पार्टीका अध्यक्षले मधेसको समस्यालाई आपूm पदमा पुग्ने हतियारको रुपमा प्रयोग गरेका छन् ।

– हाम्रो देशको इतिहासमा नेपालको राष्ट्रियताको जगेर्ना गर्न, देशमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्न र नेपाली जनताको स्वभिमान र आत्मसम्मान कायम राख्न नेपाली मधेसिहरुको ठूलो वलिदान र योगदान छ । तर मधेसि दलहरुले आप्mनो मागको संन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भने पछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन जानुलाई नै प्राथमिकता दिनु दुर्भाग्यपूर्ण छ ।

– आज देश अशान्त छ । राजनीतिक भिडन्तमा सर्वसाधारण मरेका छन् । देशको सिमानामा समेत नेपाली मारिएका छन् । यसबारे केन्द्रिय समिति तुरुन्त बोलाई पार्टिमा व्यापक छलफल गर्नुको सट्टा संकटको फाइदा उठाई सरकारमा स्थान जमाउन र सरकार टिकाउन तयार हुन अवसरवादी चरित्र हो । देशमा संकट देखे पछि त्यस्लाई सत्तामा हालिमुहाली गर्ने मौकाको रुपमा प्रयोग गर्न उधृत सस्कार र प्रवृति प्रति मेरो गम्भीर असहमति रहेको छ ।

– एकता अधिवेशन पछिको थोरै समयमा पनि देशमा महत्वपूर्ण मुद्दाहरु देखिएका छन् । एन्सेृल कम्पनिको कारोबारसंग गासिएको ३५ अरब राजस्व उठेका छैन । आज तामाकोसिको विद्युत सालाखाला एक मेगावाटको लागि रु १६ करोड पर्छ । यसको अर्थ नेपालमा ३५ अरबले दुइ सय मेगावाटको विद्युत उत्पादन हुन्छ र प्रचण्ड सरकार यो गुमाउन तयार देखिन्छ । यसबारे हालै क्याविनेटमा अर्थमन्त्रीको मौखिक प्रस्ताव बारे हाम्रो पार्टीको भनाइ के रह्यो रु हामीलाई थाहा छैन । के हामी यो नाङ्गो भ्रष्टाचारको समर्थन गर्न सत्तामा जान खोजेको हो रु कर अधिकृतस्तरले गर्ने निर्णय मन्त्री परिषदबाट संसारमा कहि नभएको मौखिक प्रस्ताव लगेर अख्तीयारबाट बच्ने कामलाई समर्थन गर्न के हाम्रो पार्टी सरकारमा गएको हो रु हाम्रो पार्टीका मन्त्रीहरु यसबारे मौन छन् भने पार्टी भित्र यसबारे कुनै छलफल छैन । तर हालको नेतृत्व सत्तामा नया पद पाउने वित्तीकै हामफाल्न तयार भयो । जुन कारण र नियतले माओवादीका अर्थमन्त्रीले संसदीय समितिको निर्देशन समेत नमानेर मौखिक ठाडो प्रस्ताव ल्याए त्यसमा हामी किन मतियार हुने र सत्तामा हामफाल्नेहरुको नियत के हो रु यस्ता प्रश्नलाई उपेक्षा गरेर सत्ता नै सवै थोक हो भन्ने मान्यतासंग मेरो सहमति छैन ।

– राजदूत नियुक्तिबारे पनि नेतृत्वको कार्यशैली निरासाजनक छ । परराष्ट्र मन्त्रालयलाई समेत थाहा नभइ हाम्रो सहभागिता रहेको प्रचण्ड सरकारले राजदूत घोषणा ग¥यो । भ्रष्टाचारको आरोप लागेकोलाई फेरी फिर्ता लियो र त्यस पछि पनि परिवर्तन ग-यो । हाम्रो पार्टी सत्तामा छ तर किन मौन भएर बस्छ ? के यो अराजकता र अनियमिततालाई हाम्रो पाटीको समर्थन छ ?


– हाम्रो पार्टीले तीन राजदूतको नाम पठायो तर यसबारे पार्टीको कुनै निकायमा अध्यक्षले छलफल गरेका छैनन् । यसको मतलब रा.प्र.पा. के अध्यक्षको घरयासी अड्डा हो रु अझ अचम्म के छ भने राष्ट्रिय छापामा आए अनुरुप हामीले राजदूत राख्ने भनेको देशले राजदूताबास राख्न स्विकृति पनि दिएको छैन । विवाहको कुरो छिनिएका्े छैन तर त्यो भन्दा अगाडि जन्ती लिएर जाने रु यस्तो अवस्थामा हामीले पार्टीको तर्पmबाट भनी राजदूत सिफारिस गर्नु हास्यास्पद र लज्जास्पद कुरा हो । अझ यसबारे पार्टीमा कुनै छलफलनै भएको छैन । दासहरुको जमात जस्तो पार्टीलाई व्यवहार गर्ने वर्तमान नेतृत्वको शैलि र संस्कार मलाई मान्य छैन ।

– माथिका मैले देखाएका विभिन्न कारणहरुको परिवेशमा एकता अधिवेशन पछिको राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एक झुण्डको रुपमामात्र प्रयोग हुन थालेको छ । राजसंस्था र हिन्दु धर्म प्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थको लागि प्रयोग हुदैछ । भ्रष्टाचार प्रति आँखा चिम्लने संस्कारको जग वसाल्ने प्रयास भइरहेको छ । यो प्रवृति मलाई मान्य छैन । त्यसैले म आजबाट राप्रपा बाट अलग भएको छु ।

salt training

कमेन्ट गर्नुहोस्