२५ असार २०८३, बिहीबार

यो हो संसारकै सबैभन्दा ठूलो झिँगा, पाइन्छ कहाँ ?

फागुन १२, २०७५
यो हो संसारकै सबैभन्दा ठूलो झिँगा, पाइन्छ कहाँ ?

एजेन्सी- सन् २०१२ मा दक्षिण भारतीय फिल्म ‘मक्खी’ रिलिज भएको थियो । नेपालीमा मक्खीको अर्थ झिँगा हो । उक्त फिल्ममा मुख्य भूमिकामा देखिएको झिँगा अन्यभन्दा फरक थियो । एक यस्तै वास्तविक झिँगाको बारेमा आज हामी चर्चा गर्न गइरहेका छौं, जुन असाधारण छ ।

संसारकै सबैभन्दा ठूलो झिँगाको आकार सामान्य साइजको औंठी बराबर छ । दशकौं पहिले यो गायब थियो तर अहिले इण्डोनेसियाको एक आइल्याण्डमा भेटिएको छ ।

लामो समयको खोजपछि जंगल विभागका जानकारहरूले यस प्रजातिको झिँगा भेट्टाएको छ । त्यो पनि एक्लो । उक्त झिँगाको नाम हो- वैलेस जाइन्ट बी । यसको नाम प्रकृतिवादी तथा खोजकर्ता रसेल वैलेसको नाममा राखिएको हो ।

सन् १९८१ केही वैज्ञानिकहरूले यस प्रजातिको झिँगालाई स्त्रपैसिमेनमा देखेका थिए ।  त्यसपछि यो प्रजातिको झिँगा कतै भेट्टिएन ।

यस वर्षको जनवरीमा जानकारहरूको एउटा टीम इण्डोनेसियाको जंगलमा उक्त प्रजातिको झिँगा खोज्न निस्कियो ।

यस झिँगाको पहिलो तस्वीर खिच्नेवाला क्ले बोल्टले भने, ‘यो निकै अचम्ममा पार्ने विषय थियो । हामीलाई लागेको थियो कि यो प्रजाति अहिले हराइसकेको छ । तर हामीले यसलाई निकै सुन्दर र ठूलो अवस्थामा पायौं । जब यो उड्छ, यसको पँखेटाको आवाज तपाईंको कानसम्म आइपुग्छ ।’

लगभग साढे दुई इन्च अर्थात् ६ सेन्टिमिटर लामो पँखेटा भएको वैलेस जाइन्ट बी संसारकै ठूलो झिँगा हो ।

इण्डोनेसिया उत्तरी माल्यूकश आइल्याण्डमा यो झिँगा पाइएको हो । यस क्षेत्रमा संसारबाट लोप हुन लागेका अन्य किराहरू पनि पाइन सक्ने बताइएको छ ।

पर्यावरण समूह ‘ग्लोबल वाइल्ड लाइफ कन्जर्वेशन’ले लोप हुन लागेका प्रजातिहरू खोजीको लागि एक अभियान चलाएको छ । यो खोज पनि त्यसकै एक हिस्सा हो ।

salt training

कमेन्ट गर्नुहोस्