
काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा तनावग्रस्त बनेको छ ।
संस्थापन पक्ष निकट विद्यार्थी र कृष्ण सिटौला तथा गगन थापा निकट विद्यार्थीबीच नेविसंघमा ३२ वर्षे उमेरहदको विषयलाई लिएर विवाद बढिरहँदा दुई समूहबीच कुटाकुट भएको हो ।
देउवा समूह तदर्थ समिति गठन गर्नुपर्ने भन्दै पार्टी कार्यालय वरिपरि घुमिरहेको अवस्थामा नेता कृष्णप्रसाद सिटौलाको गाडी आइपुग्यो । उक्त समूहले सिटौलाको गाडीको व्यानर थुतेर कब्जामा लिन खोजेपछि झडप भएको हो ।
झडप साम्य पार्न प्रहरीले लाठी चार्जसमेत गरेको छ । प्रहरीको लाठी चार्जबाट पत्रकार केशव साउद घाइते भएका छन् ।
कार्यालयभित्र पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेको कार्यालय सचिवले लोकान्तरलाई जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्याल वरिपरि अहिले व्यापक प्रहरी तैनाथ गरिएको छ ।