०२ असार २०८३, मंगलबार

लागूऔषध सहित तीन जना पक्राउ

फागुन १२, २०७५
लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं – बालाजुबाट अवैध लागूऔषध र ल्यापटप, मोबाइल लगायतका सामान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा महानगरीय परिसर टेकुबाट खटिएको प्रहरी टोलीले आइतवार बालाजुबाट सोही ठाउँमा बस्ने उमेश डंगोल, उमेश तामाङ र नवीन गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट अवैध लागूऔषध २५ सेट नरफिन, पिनारगनसहित इलेक्ट्रोनिक सामान ल्यापटप ३ थान, मोबाइल ७ थान, क्यामेरा १ थान, पावर बैंक १ थान र नगद ४५ हजार बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर टेकुमा राखिएको उक्त कार्यालयका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्