१२ असार २०८३, शुक्रबार

काठमाडौंबाट गोरखनाथ बाबाको मूर्ति चोरी

फागुन १२, २०७५
काठमाडौंबाट गोरखनाथ बाबाको मूर्ति चोरी

काठमाडौं –काठमाडौं महानगरपालिका–८ पशुपति मन्दिर हङ्स मण्डपस्थित खुल्ला चौरबाट गएराति ढलौटमा पित्तलको जलप लगाएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ । 

करीब ३.५ फिट अग्लो ३५ किलो तौल भएको उक्त मूर्ति चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ओम सेना नेपालको कार्यालय सोह्रखुट्टेमा रहेको उक्त मूर्ति सोही संस्थाबाट शिवरात्रि मेलाका लागि पशुपति मन्दिर हङ्स मण्डपमा लगिएको थियो । 

शिवरात्रि मेलामा आउने बाबाहरुले मूर्ति लगेर राखेकामा राति उक्त स्थानबाट मूर्ति चोरी भएको र चोरीमा संलग्नहरुको खोजीका साथै घटनाबारे अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्