०२ असार २०८३, मंगलबार

उडानकै क्रममा सुते पाइलट (भिडियो)

फागुन १२, २०७५
उडानकै क्रममा सुते पाइलट (भिडियो)

काठमाडौं — उडानकै क्रममा एक चिनियाँ पाइलट सुतेको भिडियो अहिले भाइरल भइरहेको छ । 

भिडियोमा देखिएका पाइलट चाइना एयरलाइन्सका वरिष्ठ अधिकारी भएको बताइएको छ । उनी बोइङ ७४७ विमान उडाइरहेका थिए । 

स्थानीय सञ्चारमाध्यममा आएको रिपोर्टअनुसार, सुरक्षा मापदण्ड उल्लंघन गरेकोमा पाइलटविरुद्ध अनुशासनात्मक कारवाही गरिएको छ । 

पाइलटसँग लगभग २० वर्षको अनुभव छ । कुन बेला उनलाई निद्रा लागेको हो भन्ने खुलेको छैन । 

भिडियो कापाइलटले बनाएका हुन् । उनले पाइलट सुतेको एक तस्वीर खिचे र भिडियो पनि बनाए । पाइलटलाई नउठाएर भिडियो खिचिबसेकोमा कोपाइलटविरुद्ध पनि अनुशासनात्मक कारवाही गरिएको छ । 

भिडियो सार्वजनिक भएपछि पाइलटहरूको कामको अवधि र थकानका विषयमा बहस शुरू भएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्