पोखरा – नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा नविन सिग्देल निर्वाचित भएका छन् । युनियन कास्कीको नवौं अधिवेशनमा सिग्देल ७७ मत लाएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी माधव रेग्मीले ६६ मत प्राप्त गरे । यसैगरी अध्यक्षका अर्का प्रत्यासी यदुनाथ बञ्जराले १७ मत प्राप्त गरेका थिए ।
सचिवमा ८० मत प्राप्त गर्दै प्रदीप पौडेल विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी भुपाल गुरुङले ५९ मत प्राप्त गरे भने अर्का उमेद्वार सुदीप पौडलले २० मत प्राप्त गरे ।