१७ असार २०८३, बुधबार

चाउमिनमा विष घोलेर छोरीलाई दिने बाबुलाई जन्मकैद

फागुन १२, २०७५
चाउमिनमा विष घोलेर छोरीलाई दिने बाबुलाई जन्मकैद

दैलेख– दैलेखको महाबु गाउँपालिका–४ काशीकाँधमा आफ्नै छोरीको हत्या अभियोगमा जिल्ला अदालतले एकलाई जन्मकैदको सजाय फैसला गरेको छ । 

वर्ष २९ की जौकला भनिने शर्मिला बुढाले आठ महीनाअघि विष खुवाई नौ वर्षीया छोरी भावनाको हत्या गरेको ठहर गर्दै अदालतले आज २० वर्ष जन्मकैदको फैसला गरेको हो । न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासबाट सो फैसला गरिएको अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए । 

गत असार ९ गते घरमा बिहानको खाजा भनी दिइएको चाउमिनमा विष घोलेर खुवाएका कारण भावनालाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो । घटनामा १३ वर्षीय छोरा भूपेन्द्रलाई समेत विष खुवाइ नेपालगञ्ज पु¥याएर उपचार गरी निको भई घर फर्किएपछि गत असार २६ गते शर्मिलालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्