१२ असार २०८३, शुक्रबार

मौसममा आंशिक बदली, सोमबार पहाडी क्षेत्रमा वर्षा हुने

फागुन १२, २०७५
मौसममा आंशिक बदली, सोमबार पहाडी क्षेत्रमा वर्षा हुने

काठमाडौँ– आज रातिदेखि देशभरको मौसममा सामान्यतया बदली भई पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । 

मौसमी बदलीसँगै सोमबार पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मङ्गलबार पश्चिमी क्षेत्रमा मौसममा सामान्यतया बदली रही उच्च पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्