३१ जेठ २०८३, आइतबार

सर्वसाधारणलाई  सेयर बाँड्दै एनसेल

फागुन १३, २०७५
सर्वसाधारणलाई  सेयर बाँड्दै एनसेल

काठमाडौं– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ । कम्पनी एन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहर पब्लिकमा जानुपर्ने भएकाले त्यसैअनुसार तयारी भइरहको कम्पनीले जनाएको छ ।

‘हाम्रो तर्फबाट हुनुपर्ने कम्पनीलगायतका तयारी पूरा भइसकेको छ ।’ नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक अधिकारीले भने, छिट्टै कम्पनी रजिस्टारको कार्यालयमा पब्लिक कम्पनीका रुपमा दर्ता गराउँदछौं ।’

उनका अनुसार दूरसञ्चार ऐन २०६३ मा पनि संशोधन प्रक्रिया अघि बढेको अवस्थामा सेयर संरचनाका कतिपय विषयमा भने कम्पनीले निर्णय गर्न सकेको छैन् । कानूनमा व्यवस्था भएअनुसार वैशाखभित्र पब्लिक कम्पनीका रुपमा दर्ता हुन्छौं । पब्लिक कम्पनीमा रुपान्तरण भएपछि एनसेलले सर्वसाधारणलाई शेयर जारी गर्नुपर्छ ।, गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्