०१ असार २०८३, सोमबार

पहिलो पटक टीकाटालो रद्द , यो पटक आफैँसँग हारिन् लालकुमारी

फागुन १३, २०७५
पहिलो पटक  टीकाटालो रद्द , यो पटक आफैँसँग हारिन् लालकुमारी

पर्सा - दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका–३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो । 
कान्तिपुर दैनिक अगाडि लेख्छ– छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएको थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेको उनले सुनेकी थिइन् । टीकाटालो रद्द भएपछि उनी सुर्ताउन थालिन् ।
यसपटक भने सीमापारि भारतबाट केटापक्ष आउन लागेका थिए ।

केटापक्षले ५० हजार नगद मागेको आफ्ना पिता चन्द्रिका मुखियाले शनिबार राति घरमा सुनाए । परिवारमा फेरि नियास्रो वातावरण छायो । केटापक्ष सोमबार टीकाटालो गर्न आउँदै थिए । दुई दिनअघि लालसाकुमारी आफैँसँग हारिन् । प्रहरीका अनुसार उनले आत्महत्या गरिन् ।

परिवारले उनको शव सद्गत गर्न लाग्दा आइतबार मध्याह्न प्रहरीले स्थानीय चन्द्रावती खोलाबाट नियन्त्रणमा लियो । पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी अनन्तराम शर्माका अनुसार किशोरीको स्वाभाविक मृत्यु नभई आत्महत्या भएको सूचना आएपछि प्रहरी टोली आर्यघाट पुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्