११ असार २०८३, बिहीबार

धनकुटा र मोरङमा ट्याक्टरले किचेर तीनको मृत्यु

फागुन १३, २०७५
धनकुटा र मोरङमा ट्याक्टरले किचेर तीनको मृत्यु

विराटनगर– धनकुटा र मोरङ जिल्लामा आइतवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका– ८ याङलाबुङ भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

भित्री सडकखण्डमा ना ४ त ९६५४ नम्बरको ट्याक्टर घुमाउरो वाटोमा ब्याक गरेर  फर्काउने क्रममा अनियन्त्रित भई  सडक देखि १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक महालक्ष्मी नगरपालिका–८ बस्ने बर्ष २७ का बाल कुमार पुलामी मगर र ट्याक्टरमा सवार बर्ष ११ का अनिल मगरको घटनास्थलमै  मृत्यु भएको हो भने बर्ष ३८ का छबिलाल पुलामी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

त्यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका– ९ मधुमल्ला बजारमा ट्याक्टरले किचेर १ महिलाको मृत्यु भएको छ । हिजो बेलुकी को २ त ६६५० नम्बरको ट्याक्टरले पैदल हिडिरहेकी सोही स्थान बस्ने वर्ष ३२ की माया तामाङलाई किचेको थियो । दुर्घटनामा तामाङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्