
काठमाडौ– आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा नेपाल सोमबार चीनसँग खेल्दैछ । नेपालले आफ्नो पाँचौँ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल अपराह्न १२ः४५ बजे शुरु हुने छ । चार खेलमा तीन खेल जितेको नेपाल आज पनि जित्ने लक्षका साथ मैदानमा उत्रने छ । नेपालको ६ अंक रहेको छ । चीनलाई पराजित गरे नेपालले विश्वकप खेल्ने आफ्नो सपनालाई जिवितै राख्नेछ । नेपालले फेब्रुअरी २७ मा कुबेतसँग अन्तिम खेल खेल्नेछ ।