
काठमाडौं, ३१ फागुन - किर्तिपुर क्रिकेट मैदानमा भइरहेको नेपाल र केन्या बीचको खेलमा केन्याले ३ विकेटको समाप्तीमा १०० रन जोडेको छ । ३० ओभरको पाँचौं बलमा केन्याले एक सय रन पुरा गरेको हो ।
९४ रन बनाउँदा सन्दिप लामिछानेले एक विकेट लिएपछि नेपाली समर्थका उत्साह छाएको छ । नेपाली खेलाडी कसिलो तरिकाले खेलिरहेका छन् । केन्याका ब्याट्स म्यान पनि मैदानमा जमिरहेका छन् । तर खेलमा केन्या दबाबमा रहेको छ ।
नेपालले बलिया ब्याट्सम्यानलाई ४० ओभर अगाडीनै ढलाएन भने नेपालले ४० ओभर पछाडीको पावर प्लेमा रन खाने सम्भावना हुन्छ । ४० ओभर अगाडीनै बलिया मानिएका ब्याट्सम्यानलाई ढलाउनु नेपालको चुनौती हुने छ ।