२३ असार २०८३, मंगलबार

उत्तर कोरिया संसारको ठूलो आर्थिक शक्ति बन्ने ट्रम्पको भनाइ

फागुन १३, २०७५
उत्तर कोरिया संसारको ठूलो आर्थिक शक्ति बन्ने ट्रम्पको भनाइ

काठमाडौं — आणविक हतियार त्यागेमा उत्तर कोरिया संसारको ठूलो आर्थिक शक्ति बन्न सक्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । 

ट्विटरमा लेख्दै ट्रम्पले उत्तरसँग अन्य देशभन्दा बढी तीव्र वृद्धि हुने सम्भाव्यता रहेको बताए । 

प्योङयाङ अझै पनि आणविक जोखिमका रूपमा रहेको अमेरिकी परराष्ट्रमन्त्री माइक पम्पिओले बताएको केही घन्टापछि ट्रम्पको टिप्पणी आएको हो । 

ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनलाई दोस्रोपटक भियतनामको हनोईमा बुधवार र बिहीवार शिखरवार्ता गर्दैछन् ।

‘हामी दुवै सिंगापुरमा भएको पहिलो शिखरवार्तामा गरिएको प्रगतिको निरन्तरताको अपेक्षा गरिरहेका छौं,’ ट्रम्पले ट्वीट गर्दै लेखे । 

आइतवार साँझ अमेरिकी राज्यका गभर्नरहरूको बैठक गभर्नर्स बल कार्यक्रममा बोल्दै राष्ट्रपतिले किमसँग एकदमै राम्रो सम्बन्ध बनेको बताए । 

उनले उत्तर कोरियाको निःशस्त्रीकरणमा कुनै हतारो नभएको दोहो–याए । 

सिंगापुर शिखरवार्ता बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाका नेताबीचको पहिलो तथा ऐतिहासिक वार्ता हो । तर उनीहरूले हस्ताक्षर गरेका दस्तावेजका विवरण अस्पष्ट छन् । तर भनिएको लक्ष्य अर्थात् कोरियाली प्रायद्वीपबाट आणविक हतियार हटाउने लक्ष्य पूरा गर्नका लागि खासै केही गरिएको छैन ।  

ट्रम्पका पछिल्ला टिप्पणीहरू उनी भियतनाम पुग्नुभन्दा अघि आएको हो र यसलाई अपेक्षाको प्रबन्ध गर्ने प्रयासका रूपमा हेरिएको छ ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्