१३ साउन २०८३, बुधबार

पाँचथर पावरको आइपीओ बिक्री शुरू

फागुन १३, २०७५
पाँचथर पावरको आइपीओ बिक्री शुरू

काठमाडौं- पाँचथर पावर कम्पनी लिमिटेडले सोमवारदेखि साधारण सेयर(आइपीओ) बिक्री शुरू गरेको छ । 

कम्पनीले रु १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री शुरू गरेको हो ।

आयोजना प्रभावित स्थानीय बासिन्दाले समेत नकिनेको सात लाख ८७ हजार ७५० कित्ता थप गरी साधारण शेयर छिटोमा फागुन १६ गतेसम्म बिक्री हुनेछ । 

कूल निष्कासनमध्ये ३५ हजार पाँच कित्ता कम्पनीका कर्मचारी र ८७ हजार ५१२ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । कम्पनीले पाँचथरमा १४ दशमलव ९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कूल लागत रु दुई अर्ब ६१ करोड ४७ लाख रहेको कम्पनीका सञ्चालक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए । 

केयर नेपाल लिमिटेडले गरेको रेटिङमा कम्पनीको आर्थिक अवस्था कमजोर रहेको भन्दै ग्रेड चार दिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्