२९ जेठ २०८३, शुक्रबार

किसानका लागि राष्ट्रिय सम्मेलन आयोजना

फागुन १३, २०७५
किसानका लागि राष्ट्रिय सम्मेलन आयोजना
प्रतिकात्मक तस्वीर

काठमाडौं – कृषिमा लगानी आर्कषित गर्ने उद्देश्यले दोस्रो पटक फागुन १६ र १७ मा साना किसानका लागि राष्ट्रिय सम्मेलन, २०७५ गरिने भएको छ । यसअघि पहिलो सम्मेलन २०७१ मा भएको थियो । 

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिको आयोजनामा काठमाडौँमा हुने सो सम्मेलनमा देशभरका झण्डै एक हजारभन्दा वढी साना कृषि समूहका प्रतिनिधि सहभागी हुने भएका छन् । 

चार वर्ष पहिले १९ बुँदे घोषणपत्र जारी गर्दै पहिलो सम्मेलन सम्पन्न भएको थियो भने यसवर्ष ‘साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ शुरु हुने भएको छ । 

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका उपाध्यक्ष खेमबहादुर पाठकले राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता गरी एकजार २०० व्यक्तिको सहभागिता हुने जानकारी दिए ।

गरीबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणजस्ता काममा सम्मेलनबाट सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।

सम्मेलनमा प्रस्तुत हुने २८ कार्यपत्र छलफल गरी निचोड निकालिने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्