
काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सर्लाही जिल्लाको हरिवन नगरपालिका–११ हरिवनमा आफ्नो ६७ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकका सञ्चालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।
कार्यक्रममा बैंकका प्रदेश नम्बर २ का प्रमुख राकेश सिंह तथा बैंकका उच्च पदस्त कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले शाखा प्रदेश नम्बर २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरू पनि शीघ्र सञ्चालनमा ल्याउने गरी निर्माण तथा सजावटको काम भइरहेको बताए ।
काठमाडौं–३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा ६६ वटा शाखा तथा २० वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ ।
बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।