०७ असार २०८३, आइतबार

अमेरिकाले नेपाली सेनालाई सघाउने

फागुन १३, २०७५
अमेरिकाले नेपाली सेनालाई सघाउने

काठमाडौँ– नेपालको औपचारिक भ्रमणमा रहनुभएका अमेरिकाका रक्षा सहायकमन्त्री जोसेफ फेल्टरले नेपाली सेनालाई दैवीप्रकोप उद्धार क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताउनुभएको छ । 

प्रधानसेनापति पूर्णचन्द्र थापासँग आज जङ्गी अड्डामा भएको भेटमा उहाँले नेपाली शान्ति सैन्यले विश्व शान्ति स्थापनामा गरेको योगदानको प्रशंसा गर्दै शान्ति सैन्यका निम्ति पनि नेपाली सेनालाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

यसैबीच प्रधानसेनापति थापासँग यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडीले पनि शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाली सेना र युरोपेली सङ्घबीचको पारस्परिक सम्बन्धका साथै नेपाली सेनाको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताउनुभएको पनि उक्त निर्देशनालयले जनाएको छ । 

कमेन्ट गर्नुहोस्