१२ असार २०८३, शुक्रबार

९० करोडको अनियमितता लुकाउन पाठकलाई घूस

फागुन १४, २०७५
९० करोडको अनियमितता लुकाउन पाठकलाई घूस

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घूस खुवाएको आरोप लागेका लम्बोदर न्यौपानेको नेतृत्वकालमा नेपाल इन्जिनियरिङ कलेजमा नियमविपरीत खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । 

कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’ मा विभिन्न व्यक्तिका नाममा नियमविपरीत भुक्तानी २३ करोड १० लाख, नियमविपरीत थप खर्च ३३ करोड ७६ लाख र स्रोत नखुलेको बचत ३१ करोड ८६ लाखसमेत गरी ९० करोड ७२ लाख रुपैयाँ अनियमिता देखिएको हो ।
आजको कान्तिपुरले ९० करोडको अनियमितता लुकाउन अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई खुस खुवाएको खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्