१७ असार २०८३, बुधबार

काठमाडौं झिलीमिली बनाउन साढे १६ हजार बत्ती चाहिने

फागुन १४, २०७५
काठमाडौं झिलीमिली बनाउन साढे १६ हजार बत्ती चाहिने

काठमाडौं– झिलीमिली काठमाडौं बनाउनका लागि महानगरका चोक, सडक, गल्लीहरुमा १६ हवार ६ सय ५६ थान सडक बत्ती जडान गर्नुपर्ने देखिएको छ । महानगरले हालै गरेको सर्वेक्षणअनुसार महानगरका ३२ वटै वडालाई उज्यालो बनाउन उक्त संख्यामा बत्ती आवश्यक भएको हो ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले ५० वाट क्षमताका ७ हजार ४ सय ४ थान, ३० वाटका १ हजार २ सय  ९ थान र २४ वाटका ८ हजार ४३ थान आवश्यक देखिएको छ । 

सडक बत्ती जडान, मर्मतसम्भार कार्य महानगरको वर्षेनी चलिरहने योजनाभित्र पर्छ । योजनालाई देखिने तथा महानगरवासीले अनुभव गर्ने तथा प्रभावकारी बनाउन चालू आर्थिक वर्षलाई ‘मेयर उज्यालो कार्यक्रम’ घोषणा गरेको छ ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्