२४ जेठ २०८३, आइतबार

राजपा केन्द्रीय समितिको प्रदेश स्तरीय बैठक आज

फागुन १४, २०७५
राजपा केन्द्रीय समितिको प्रदेश स्तरीय बैठक आज

विराटनगर– राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिको प्रदेश १ स्तरीय बैठक आज विराटनगरमा बस्दै छ ।  विराटनगरको शनीहाटस्थित माडवारी सेवा समितिको भवनमा हुने बैठकमा प्रदेश १ का झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर जिल्लाका अध्यक्ष मण्डलका सदस्यहरु सहभागी हुने छन् ।

त्यस्तै ती जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य,  केन्द्रीय सल्लाहकारलाई पनि बैठकमा बोलाईएको राजपाले जनाएको छ । बैठकमा सहभागी हुन अध्यक्ष मण्डलका संयोजक  महेन्द्र राय यादव,  अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर,  राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव समेतको उपस्थिती हुनेछ । 

फागुन १० गतेदेखि १३ गतेसम्म प्रदेश २ को जनकपुर बैठकमा उठेका बिषय,  जिज्ञासा र प्रश्नहरुको पछि छलफल हुने बताइएको छ । बैठकमा पार्टी संगठन,  पार्टी महाधिवेशन,  प्रदेश सरकार, जिल्ला समन्वय समिति,  गाउँपालिका एवं नगरपालिकाद्वारा भइरहेको विकास निर्माण,  प्रगति, जनआकांक्षा,  जनचाहनाको सम्बोधन, पदाधिकारीबीचको सम्बन्ध र समन्वय लगायतका बिषयमा राजपाले छलफल गर्न लागेको हो । 

प्रदेश १ को विराटनगरमा हुने प्रदेश स्तरीय बैठकपछि  फागुन १६ गते प्रदेश ५ को भैरहवा र दाङमा बैठक गर्नेछ ।  त्यस्तै  फागुन १७ गते प्रदेश ७ को  नेपालगञ्जमा प्रदेशस्तरिय केन्द्रीय बैैठक गर्ने राजपाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्