०७ असार २०८३, आइतबार

भारतले नियन्त्रण रेखा उल्लंघन गरेपछि पाकिस्तानको परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक

फागुन १४, २०७५
भारतले नियन्त्रण रेखा उल्लंघन गरेपछि पाकिस्तानको परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं — पाकिस्तानका परराष्ट्रमन्त्री मेहमूद कुरैशीले परराष्ट्र मन्त्रालयमा मंगलवार आकस्मिक परामर्श बैठक बोलाएका छन् । भारतीय वायुसेनाका विमानले नियन्त्रण रेखा उल्लंघन गरेपछि यो बैठक बोलाइएको हो । 

यो बैठकमा पूर्व परराष्ट्रसचिव र वरिष्ठ कूटनीतिज्ञहरूले भाग लिनेछन् । वर्तमान परिस्थितिमाथि छलफल गर्नका लागि उनीहरूलाई बोलाइएको हो । 

भारतीय विमानहरू मुजफ्फराबाद सेक्टरबाट पाकिस्तानभित्र घुसेर नियन्त्रणरेखाको उल्लंघन गरेपछि पाकिस्तान एयर फोर्स (पीएएफ) को जवाफी कारवाहीका कारण फर्किन बाध्य भएको पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल

आसिफ गफूरले मंगलवार बताए । 

भारतीय विमानले भाग्ने क्रममा हतारहतार बम खसाएको र त्यो बालाकोटनजिक खसेको उनको भनाइ छ । कुनै हताहती वा क्षति नभएको इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका निर्देशक जनरलले ट्विटरमा लेखे । 

भारतले भने पाकिस्तानमा आतंकवादी संगठन जैश ए मोहम्मदको ठेगानामा एक हजार किलोको बम खसाएको दाबी गरेको छ । 

पाकिस्तानको हवाई स्पेसमा भारतीय वायुसेना घुस्नुअघि भारतीय राजनीतिक र सैन्य नेतृत्वले पाकिस्तानलाई शृंखलाबद्ध रूपमा चेतावनी दिइरहेका थिए । पुलवामा आक्रमणपछि भारतले पाकिस्तानलाई लगातार चेतावनी दिइरहेको हो ।

जियो डट् टीभीबाट

salt training

कमेन्ट गर्नुहोस्