
काठमाडौं — मंगलवार बिहान पाकिस्तानको बालाकोटमा सर्जिकल स्ट्राइक गरेर भारतीय वायुसेनाले ३०० आतंकवादी मारेको दाबी भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् ।
आजतकले सूत्रहरूको हवाला दिँदै भारतीय वायुसेनाले नियन्त्रण रेखा पार गरेर पाकिस्तान अधीनस्थ कश्मीरमा घुसेर जैश ए मोहम्मदका ठेगानालाई ध्वस्त पारेको दाबी गरेको छ ।
वायुसेनाले बिहान पौने ४ बजे यो स्ट्राइक गरेको बताइएको छ ।
यस कारवाहीमा १२ वटा मिराज लडाकू विमान उपयोग भएको बताइएको छ ।
तर भारतका तर्फबाट आधिकारिक टिप्पणी आइसकेको छैन ।
एजेन्सी