१० असार २०८३, बुधबार

गोर्खा बियरको ‘नेपालीपन, गोर्खाली मन’ क्याम्पेन

फागुन १४, २०७५
गोर्खा बियरको ‘नेपालीपन, गोर्खाली मन’ क्याम्पेन

काठमाडौं – गोर्खाली सेनाको वीरताको गाथालाई जीवन्त बनाउँदै गोर्खा बियर फेरि एकपटक नेपाली राष्ट्रियताको मूलमन्त्र बोक्दै नयाँ क्याम्पेन लिएर आएको छ ।

‘नेपालीपन, गोर्खालीमन’ थिम रहेको यो क्याम्पेन गएको वर्षको ‘हामी गोर्खाली’ भन्ने क्याम्पेयनकै विस्तारित रुप हो ।

‘नेपालीपन, गोर्खाली मन’ ब्राण्डको आफ्नै प्रतिविम्ब हो । अर्थात् गोर्खा बियरको मान्यतालाई यसले सांकेतिक रुपमा दर्शाएको छ । क्याम्पेनको पूरा थिम नै वीर गोर्खाली भावनालाई आत्मसात् गरी एउटा साहसी नेपाली भएर जिउनुमा केन्द्रित छ ।

विश्वले चिनेको गोर्खालीको पहिचानलाई झल्किने गरी गोर्खा बियरलाई एक ब्राण्डको रुपमा प्रस्तुत गरिएको छ । नेपालीहरूको व्यक्तित्वसँग मेलखाने विशेषताहरूलाई प्रयोग गरी ब्राण्डले आफ्ना नेपाली दर्शकसँग एक झलकबाटै जोडिने क्याम्पेन तयार गरेको छ ।

यो एउटा त्यस्तो मञ्च हो, जसले यो विज्ञापन हेर्ने दर्शक र ब्राण्ड एक साथै नेपाली हुनुको भावना मनाउन सक्छन् । यो क्याम्पेनलाई नेवारी, गुरुङ, तामाङ, लिम्बु, मैथिली, भोजपुरी अनि थारुजस्ता क्षेत्रीय भाषाहरूमा समेत प्रस्तुत गर्ने योजनाका साथ यो क्याम्पेन २०१८ को सफलतालाई पुनर्जीवित गर्न तम्तयार छ । 

गत वर्षको गोर्खा क्याम्पेन आम नेपालीहरू वास्तवमा को हुन् भन्नेबारे थियो । योद्धाझैं वीर, मनबाट दयालु र हिमालझै विशाल, जुन नेपालीयुवाहरुको गोर्खालीबारे धारणा अनुसार ठ्याक्कै मेल खाएको थियो । गोर्खाको यस क्याम्पेनले नेपालका साथै नेपाल बाहिरका दर्शकहरूको पनि प्रशंसा पाउन सफल भएको थियो । 

२०१८ को ‘हामी गोर्खाली’ क्याम्पेन नेपालीहरूको व्यक्तित्वको मुख्य विशेषताहरूलाई लिएर तयार पारिएको थियो । यसलाई ३ चरणमा प्रवाहित गरिएको थियो र एक पटकमा व्यक्तित्वको एउटा विशेषता देखाइएको थियो, १. साहसी २. विशाल ३. दयालु । 

यी ३ वटै थिमहरू डिजिटल मञ्चमा ६ महिनाका लागि प्रवाहित गरिएको थियो । जसले ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाउन सफल भयो । यसका साथै साहसीको थिमलाई भने भारतीय मार्केटिङ पोर्टल म्याड ओभर मार्केटिङ (एमओएम) ले नेपालकै सबैभन्दा सिर्जनशील क्याम्पेन भनेर सराहना गरेको थियो । यस्तो सफलता ट्रयाक रेकर्डका साथ ब्राण्डले यो २०१९ मा अझ उचाईमा पुग्ने लक्ष्य लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्