२८ असार २०८३, आइतबार

हाफ गर्लफ्रेन्डमार्फत चेतन भगत आफै निर्माता

कात्तिक २०, २०७४
हाफ गर्लफ्रेन्डमार्फत  चेतन भगत आफै निर्माता
मुम्बई – भारतीय लेखक तथा स्तम्भकार चेतन भगत अब चलचित्र निर्माता पनि बन्ने भएका छन् । उनले आफ्नो उपन्यास हाफ गर्लफ्रेन्डमा आधारित सिनेमा बनाएर निर्माता बन्न लागेका हुन् । उनले लेखेका कथामा अन्य फिल्म बनिसकेका छन् । त्यसमध्ये थ्री इडियट्स र टु स्टेटसले बढी चर्चा कमाएका थिए ।

पछिल्लो फिल्म टु स्टेटस् को सफलतापछि अब हाफ गर्लफ्रेन्ड पनि बन्न लागेको हो । फिल्मको कहानी भगतको यही कृतिबाट लिइएको छ । मोहित सुरीले निर्देशन गर्न लागेको उक्त चलचित्रमा अर्जुन कपुर र श्रद्धा कपुर प्रमुख भूमिकामा रहनेछन् ।

चलचित्र मे १९ मा रिलिज हुने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्