
काठमाडौं – नयाँ शक्ति पार्टीले एक महिना लामो जनसंवाद यात्रा पूरा गरेको छ । गएको माघ १५ गते ताप्लेजुङस्थित सीमा क्षेत्र चिवाभन्ज्यांगबाट शुरू भएको यात्रा बुधवार बैतडीको झुलाघाटमा पुगेर टुंगिएको छ ।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा शुरू भएको जनसंवाद यात्राले मध्य पहाडी र पुष्पलाल लोकमार्गमा १८७९ कि.मि. यात्रा पूरा गरेको हो ।
जनसंवाद यात्रा पूरा गरेपछि बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमा गायक प्रकाश श्रेष्ठको ‘गहिराइमा डुब्दै नडुब, डुब्नु नै छ यदि भने मोती नटिपी नफर्क’ भन्ने गीत सहितको सन्देश लेखेका छन् ।
उनले लेखेका छन्, ‘..मोती नटिपी नफर्क’ गीतले भने झैं अन्ततः हामीले मोती टिप्यौं ! फागुन १५ गते बिहान ९ः ४५ बजे हामी पश्चिम नेपालको सीमाना महाकाली नदीको झुलाघाट पुग्यौं ! माघ १५ गते पूर्वी नेपालको सीमा चिवाभन्ज्याङबाट शुरू गरेर मध्यपहाडी र पुष्पलाल लोकमार्गको १८७९ कि.मि. यात्रा पूरा ग¥यौं ! सबैलाई धन्यवाद !’