
काठमाडौं — पाकिस्तान सेनाले दुईवटा भारतीय लडाकू विमान खसालिएको र एक भारतीय विमानचालक पक्राउ गरिएको दाबी गरेको छ ।
इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका निर्देशक जनरल असिफ गफूरले यस कारवाहीको पुष्टि गरे ।
‘पाकिस्तानी वायुसेनाले पाकिस्तानी एयरस्पेसभित्र दुईवटा भारतीय विमान खसाएको छ । एक विमान जम्मु कश्मीरमा खसेको र अर्को भारत अधीनस्थ कश्मीरमा खसालिएको हो । एक भारतीय पाइलटलाई जमीनमा रहेका हाम्रा सैनिकले पक्राउ गरेका छन्,’ उनले ट्वीट गर्दै भने ।
In response to PAF strikes this morning as released by MoFA, IAF crossed LOC. PAF shot down two Indian aircrafts inside Pakistani airspace. One of the aircraft fell inside AJ&K while other fell inside IOK. One Indian pilot arrested by troops on ground while two in the area.
— Maj Gen Asif Ghafoor (@OfficialDGISPR) February 27, 2019
पाकिस्तानी वायुसेनाले बुधवार पाकिस्तानी एयरस्पेसबाट नियन्त्रण रेखापारि आक्रमण गरी भारतले मंगलवार गरेको नियन्त्रण रेखा उल्लंघनको जवाफ फर्काएको बताएको छ ।
‘यो कारवाहीको एकमात्र उद्देश्य आत्मरक्षामा हाम्रो अधिकार, इच्छा र सामर्थ्य देखाउनु थियो । हामीहरू युद्ध चर्काउन चाहँदैनौं तर त्यसका लागि बाध्य बनाइएमा पूर्ण तयारीका साथ बसेका छौं,’ पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनायो ।
डन डट्कमबाट