२४ असार २०८३, बुधबार

हिउँदे वर्षा : ‘कृषकका लागि पानि होइन, तेल बर्सियो !’

फागुन १५, २०७५
हिउँदे वर्षा : ‘कृषकका लागि पानि होइन, तेल बर्सियो !’

काठमाडौं –यस वर्षको हिउँदमा लगातार भइरहेको वर्षाका कारण कृषकहरू निकै लाभान्वित हुने भएका छन् । यसले हिउँदे बाली उत्पादनमा वृद्धि हुने अनुमान सरकारले गरेको छ ।

यसवर्ष हिउँदेबाली उत्पादनमा १५ देखि २० प्रतिशतले वृद्धि हुने अनुमान छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले हिजोआज परेको पानी बालीका लागि एकदमै राम्रो भएको भन्दै यसले हिउँदेबालीहरू गहुँ, केराउ, मुसुरो लगायतको उत्पादनमा १५ देखि २० प्रतिशतले वृद्धि हुने बताए ।

त्यस्तै उनले तरकारीको उत्पादनमा समेत १० देखि १२ प्रतिशतले वृद्धि हुने बताए । पानी परेकै कारण आजको दिनसम्म पनि हरियो तरकारी पाउन सजिलो भएको र तरकारीको मूल्य समेत नबढेको सचिव जिसीको भनाई थियो ।

यसपालिको हिँउदे वर्षाबारे लोकान्तरले राखेको जिज्ञासामा सचिव जिसीको प्रतिक्रिया :

यसले धेरै राम्रो प्रभाव पार्छ । यो पानी भनेको त तेल हो हिउँदेबालीका लागि । यो चाहिँ अहिले अलिकति ढिलो त ढिलो परेको छ, तर पनि अहिले भइराखेका बालीहरू जे जति छन्, केराउ अथवा तरकारीहरू अनि उच्च पहाड र मध्य पहाडमा भएका जौ बाली अथवा बारीको गहुँ लगायतका चिजलाई त यो बरदान नै हो ।

जुन क्षेत्रहरू सिँचाइबाट बञ्चित हुन्थ्यो, त्यो क्षेत्रहरूको उत्पादन अवश्य बढ्छ । उच्च पहाड र मध्य पहाडमा यसले ठूलो सघाउ पुर्‍याएको छ । उत्पादन वृद्धि हुने हामी आपेक्षा गर्छौं । यी बालीहरूमा १५ देखि २० प्रतिशतसम्म उत्पादन वृद्धि हुन्छ भन्ने हाम्रो अनुमान छ । बारीमा लगाएको बन्दा, काउलीमा पनि कम्तिमा १० देखि १२ प्रतिशत जति फरक आउने देखिन्छ ।

जस्तै यो बेला बजारमै तरकारीको अभाव भइसक्थ्यो, अहिले हरियो हरियो आइराखेको छ । मूल्य पनि त्यति धेरै बढेको छैन । 

असर पार्ने त खास गरेर तयार भएको तरारकारीहरूमा हो । तर तयार भएर रहेको तरकारीलाई त्यस्तो नराम्रो असर पारेको छैन । उत्दानमा राम्रो सघाउ पुग्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्