काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ ।
उक्त हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी सहित यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए ।
हेलिकप्टर बुधवार करीब दिउँसो २ बजेबाट सम्पर्कविहीन भएको थियो ।
ताप्लेजुङकी सहायक सीडीयो गीताकुमारी राई हेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरिन् ।
उनका अनुसार सम्भावित घटनास्थल फुङलिङ नगरपालिका र फक्तालुङ गाउँपालिकाको बीचमा पर्छ ।
सदरमुकाम फुङलिङ बजारबाट उक्त स्थान करीब ३ घण्टाको दूरीमा रहेको सहायक सीडीयो राईले बताइन् ।
सीडीयो अनुज भण्डारी र डीएसपीसहितको टोली घटनास्थलतर्फ गएको छ ।