२३ जेठ २०८३, शनिबार

सबैभन्दा अगाडि दुर्घटनास्थल पुगेका प्रहरी हवल्दारले जे देखे ‍‍...

बाक्लो कुहिरोका कारण भीरमा ठोक्किएर दुर्घटना
फागुन १५, २०७५
सबैभन्दा अगाडि दुर्घटनास्थल पुगेका प्रहरी हवल्दारले जे देखे ‍‍...
दुर्घटनास्थलको गुगल म्याप

काठमाडौं – हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङस्थित प्रसिद्ध पाथिभरा मन्दिरमा दर्शन गरेर फर्किने क्रममा एयर डाइनेस्टीको हेलिकप्टर फुङलिङ नगरपालिका १० सिस्ने भीरमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।

हेलिकप्टर पूरै जलेको छ भने ७ जनाको शव निकालिएको प्रत्यक्षदर्शी जगत कार्कीले लोकान्तरलाई जानकारी दिएका छन् ।

घटनास्थलमै रहेका प्रहरी हवल्दार वेदकुमार अर्यालले पनि घटनाको विवरण लोकान्तरलाई सुनाए ।

हवल्दार अर्यालको भनाइ जस्ताको तस्तै :

मेरो नाम वेदकुमार अर्याल हो । म नेपाल प्रहरीको हवल्दार हुँ । अहिले हेलिकप्टर दुर्घटनास्थलमा छु ।

म डेढ घण्टाअगाडि आएको हुँ । यहीँको स्थानीय चौकीमा कार्यरत छु । यहाँ आइपुग्न करीब दुईघण्टा लाग्यो । म सहित तीनजना साथीहरू यहाँ आएका छौं । हामी आउँदा दुर्घनाग्रस्त हेलिकप्टरमा आगो लागिरहेको थियो ।

स्थानीयका अनुसार मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर पाथिभरा मन्दिर क्षेत्रबाट उड्नुअघि नै बादल लागेको थियो ।

होलिकप्टर ल्याण्ड गर्दा घाम लागेको थियो । तर दर्शन गरेर फर्केपछि होलिकप्टर चढ्नुअघि बादल लागेको थियो । पाथिभरा मन्दिरबाट होलिकप्टर ओरालो लाग्यो  ।

शायद पाइलटले उचाइ लिनुपर्नेमा ओरालोतिर मात्र लाग्न थालेको स्थानीयले बताए । जतिजति ओरालो लाग्यो त्यति तल बाक्लो कुहिरो थियो ।

उडेको १५ मिनेटपछि नै सिस्ने भीरमा ठूलो आवाज आएको स्थानीयले मलाई बताए । घटनाको प्रकृति हेर्दा हेलिकप्टर भीरमा ठोक्किएको देखिन्छ ।

शायद बाक्लो कुहिरोका कारणले पाइलटले भीर देख्न सकेनन् । भीरमा ठोक्किएको ठूलो आजाव आएपछि शुरूमा स्थानीय बासिन्दा के भयो भनेर आत्तिएछन् ।

त्यही क्षेत्रमा होलिकप्टर देखिकाले केहीबेर अघि शायद दुर्घटना भयो भनेर अनुमान लगाएछन् । त्यही सूचना हामीसमक्ष आइपुग्यो । 

त्यही सूचनाका आधारमा हामी यहाँ आएका हौं । सात जनाको शव क्षतविक्षत् अवस्थामा देखिन्छन् ।

कुनै पनि शव चिन्न सकिने अवस्थामा छैन । हेलिकप्टर पूर्ण रूपमा जलेको छ ।

यहाँ अहिले स्थानीयको ठूलो भीड छ । हामी तीनजना प्रहरी मात्र छौं ।

यहाँ मोबाइल त टिप्छ तर नेट चल्दैन । त्यसैले हामी फोटोहरू पठाउन सक्ने अवस्थामा छैनौं ।

salt training

कमेन्ट गर्नुहोस्