
काठमाडौं — ह्वाइट हाउसले सार्वजनिक गरेको एक तालिकाअनुसार, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उन केही समयमै भियतनामको राजधानी हनोईस्थित मेट्रोपोल होटल पुग्न लागेका छन् ।
उनीहरू दोस्रोपटक व्यक्तिगत रूपमा भेटघाट गर्दैछन् । कुरकानीपछि उनीहरू होटलमा रात्रिभोजमा सहभागी हुँदैछन् ।
होटलनजिकको इलाकामा भारी सुरक्षा बन्दोबस्त गरिएको छ र सर्वसाधारणलाई जान दिइएको छैन । प्रसिद्ध लोटस वाटर पपेट थिएटरमा दुई नेतामा चित्रहरू ठड्याइएका छन् । तीमध्ये एकमा ट्रम्पले अमेरिकी र भियतनामी झण्डाअघि हात हल्लाएको देखिन्छ ।
सीएनएनबाट