काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनले दोस्रोपटक भेटघाट गरेका छन् ।
दुई नेताले हात मिलाए अनि झण्डाहरूको अघिल्तिर उभिएर मुस्काउँदै पोज दिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार ठूलो संख्यामा उपस्थित भएका छन् र उनीहरूले चिच्याएर प्रश्न सोधे ।
‘हामीहरू सबै बाधा पार गर्न सफल भएका छौं र अहिले यहाँ छौं,’ किमले संक्षिप्त बैठकमा बस्नुअघि भने ।
सीएनएनबाट