
काठमाडौं -ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको छ ।
दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मन्त्री अधिकारीका अलावा आङछिरिङ्ग शेर्पा, ध्रुवदास भोछिभोय, युवराज दहाल, वीरेन्द्रप्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसी छन् ।
ताप्लेजुङस्थित प्रसिद्ध पाथिभरा मन्दिरमा दर्शन गरेर फर्किने क्रममा एयर डाइनेस्टीको हेलिकप्टर फुङलिङ नगरपालिका १० सिस्ने भीरमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको हो ।
त्यसअघि मन्त्री अधिकारी तेह्रथुमको आठराई गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यहाँ विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली तेह्रथुम पुगेको थियो ।
त्यहाँबाट सबैसँग बिदा हुने क्रममा मन्त्री अधिकारी हँसिलो मुद्रामा हेलिकप्टरतर्फ अघि बढेका थिए ।
तेह्रथुमबाट हेलिकप्टर ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा पुग्यो । पाथीभरा दर्शन गरेर फर्किने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो ।
हेर्नुहोस्, मन्त्री अधिकारी सहभागी अन्तिम कार्यक्रमका केही झलक:



फोटोहरू : deshkonews.com र सुरज थपलियाको फेसबूक वाल