३१ जेठ २०८३, आइतबार

सकियो ट्रम्प र किमबीचको संक्षिप्त वार्ता, किमले गरे ट्रम्पको साहसको प्रशंसा

फागुन १५, २०७५
सकियो ट्रम्प र किमबीचको संक्षिप्त वार्ता, किमले गरे ट्रम्पको साहसको प्रशंसा

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच भियतनामको हनोईमा भएको दोस्रो शिखरवार्ताको पहिलो दिन बुधवार ३० मिनेटको संक्षिप्त वार्ता सम्पन्न भएको छ । 

वार्तापछि पत्रकारहरूसँग बोल्दै किमले अमेरिकी राष्ट्रपतिको साहसी राजनीतिक निर्णयका कारण दोस्रोपटक वार्ता सम्भव भएको बताए । 

पत्रकारहरूलाई सम्बोधन गर्दै उनले आठ महिनाअघि र अहिलेको बीचमा निकै सोचविचार, प्रयास र धैर्य देखिएको बताए । आठ महिनाअघि किमले ट्रम्पसँग सिंगापुरमा शिखरवार्ता गरेका थिए । 

बाहिरी विश्वले अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धलाई सिंगापुर शिखरवार्तापछि बुझ्न नसकेको किमले बताए । उनले हनोई शिखरवार्ताले सबैले स्वागत गर्ने परिणाम ल्याउने आशा गरेको बताए । 

किमले आफूहरूबीच ३० मिनेटसम्म निकै रोचक संवाद भएको बताए ।

सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्