०२ असार २०८३, मंगलबार

सिरियाका बालबालिकाको स्थिति भयावह रहेको युनिसेफको निष्कर्ष

कात्तिक २०, २०७४
सिरियाका बालबालिकाको स्थिति भयावह रहेको युनिसेफको निष्कर्ष
काठमाडौं, ३० फागुन — सन् २०१६ मा सिरियाका बालबालिकाको स्थिति अत्यन्त नाजुक रहेको संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफले जनाएको छ । गृहयुद्ध शुरु भएयता सर्वाधिक बालबालिका त्यो वर्ष मारिएका युनिसेफले जनायो ।


सन् २०१६ मा कम्तीमा ६५२ बालबालिका मारिएका थिए । तीमध्ये २५५ जना विद्यालयभित्र वा विद्यालयनजिकै मारिएका हुन् ।

यी त पुष्टि गर्न सकिएका मृत्यु मात्र हुन् । अझै धेरै बालबालिका मरेका हुनसक्छन् ।

आठ सय ५० भन्दा बढी बालबालिकालाई लडाईंका लागि भर्ना गरिएको युनिसेफको विश्वास छ ।

‘बालबालिकाको दुःखको गहिराइ अभूतपूर्व छ,’ गीर्ट कप्पेलयेरले बताए । उनी युनिसेफका क्षेत्रीय निर्देशक हुन् ।
६० लाख बालबालिका गृहयुद्धपछि मानवीय सहायतामा भर परेका छन् । युद्ध शुरु भएको ६ वर्ष बितिसकेको छ ।

तेईस लाख बालबालिका देश छोडेर भागिसकेका छन् भने २८ लाख उद्धार गर्न अप्ठ्यारो ठाउँमा फँसेका छन्, युनिसेफले जनायो ।

बीबीसी

salt training

कमेन्ट गर्नुहोस्