२२ जेठ २०८३, शुक्रबार

यस्तो छ सुकेटार विमानस्थलको अवस्था, भारी हिमपातका कारण शव ल्याउन समस्या

फागुन १६, २०७५
यस्तो छ सुकेटार विमानस्थलको अवस्था, भारी हिमपातका कारण शव ल्याउन समस्या

ताप्लेजुङ- सुकेटार विमानस्थलमा यतिबेलासम्म पनि बाक्लो कुहिरो र हिमपात भइरहेको छ ।

जसकारण हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याउन समस्या भएको छ ।

शव आजै ल्याउने तयारी भएपनि मौसम खराबीका कारण शव सुकेटार विमानस्थलमै छ । 

वर्षा र हिमपातसँगै कालो बादलले आकाश ढाकेपछि शव राजधानी पठाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्