मुम्बई - होलीको अवसरमा भारतीय नायिका विद्या बालनले एउटा यादगर घटना सार्वजनिक गरेकी छिन् । जुन घटनालाई भारतीय दर्शकले मात्र होइन, मिडियाले पनि राम्रै स्थान दिएका छन् ।
जब बालन १६ वर्षकी थिइन्, उनले अन्जानमा भाङ खाएकी थिइन् । र उनी दिनभरी हाँसिरहेकी थिइन् । विद्याले भनिन्, 'अन्जानमा भाङ खाएँ, त्यसपछि म दिनभरी हाँसिरहेँ । मलाई याद छ, त्यतिबेला म १६ वर्षकी थिएँ ।'

उनले भनिन्, ‘रंगको होलीसँग मसँग माया छ । तर होली खेल्ने समयमा सावधान रहनुपर्छ ।’ आफ्नो छाला समेत बिगार्न सक्ने भएकाले पनि उनले यसो भनेकी थिइन् । होलीका लागि बाहिर जानुभन्दा पहिले छाला र कपालमा नरिवलको तेल लगाउन पनि उनले सुझाव दिएकी थिइन् ।