१७ असार २०८३, बुधबार

भोलि यति एयरलाइन्सका सबै उडान रद्द

फागुन १६, २०७५
भोलि यति एयरलाइन्सका सबै उडान रद्द

काठमाडौं – यति एयरलाइन्सले शुक्रवार हुने आफ्ना सम्पूर्ण उडान रद्द गरेको छ ।

बुधवार भएको हेलिकप्टर दुर्घटनामा एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाको निधन भएपछि एयरलाइन्सले उडान रद्द गरेको हो ।

शुक्रवारका उडान रद्द भएपनि शनिवारदेखि सबै उडान नियमित हुने एयरलाइन्सकी जुनियर असिस्टेन्ट प्रतिमा सुवेदीले बताइन् । विमान दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, सञ्चालक शेर्पासहित ७ जनाको निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्