०४ असार २०८३, बिहीबार

रवीन्द्र अधिकारीसहित ७ जनाकै शव बोकेर सुकेटारबाट उड्यो नेपाली सेनाको हेलिकप्टर

फागुन १६, २०७५
रवीन्द्र अधिकारीसहित ७ जनाकै शव बोकेर सुकेटारबाट उड्यो नेपाली सेनाको हेलिकप्टर
फाइल फोटो

काठमाडौं – ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइँदै छ ।

नेपाली सेनाको एमआई १७ हेलिकप्टर मध्याह्न १२ बजेर १० मिनेट जाँदा सुकेटार विमानस्थलबाट काठमाडौंका लागि उडेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पाथीभरा मन्दिरमा दर्शन गरी फर्किने क्रममा भएको दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

शव हिजै काठमाडौं ल्याउने तयारी भएपनि प्रतिकूल मौसमका कारण ढिलाइ भएको थियो । बिहानैदेखि भएको हिमपातका कारण मध्याह्न मात्र हेलिकप्टर उडाउन सम्भव भएको हो ।

काठमाडौं ल्याएपछि मन्त्रीअधिकारीसहित मृतकहरूको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने छ ।

मन्त्री अधिकारीको अन्त्येष्टि भने गृहजिल्ला कास्कीमै गर्ने तयारी छ ।

 

salt training

कमेन्ट गर्नुहोस्